शुक्रबार, ५ असोज, २०७५
Friday, 21 September, 2018

माघ ११ देखि सुबिसु क्यान इन्फोटेक २०१८ हुने, भोलीदेखि स्टल बुकिङ खुला

आगामी माघ ११ देखि २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८’ सञ्चालन हुने भएको छ । क्यान महासंघको आयोजनामा हुने इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको वृहत् प्रदर्शनीको रुपमा वर्षेनी हुँदै आएको छ ।

यसैबीच क्यान महासंघले भोली बिहिबारदेखि इन्फोटेकको प्रायोजक र स्टलहरुको बु्किङ खुला गर्ने भएको छ । इच्छुक कम्पनीले अनलाइनबाटै स्टल बुक गर्न सक्दछन् । यसका लागि महासंघको वेबसाइट stalls.can.org.np प्रयोग गर्न सकिन्छ ।

यस वर्षको मेलामा क्यान महासंघका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने अपेक्षा गरिएकाे छ ।

प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने अपेक्षा रहेको क्यान महासंघका अध्यक्ष र्इ. विनाेद ढकालले बताए ।

साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउन र अवलोकनकर्ताहरुले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिदसमेत गर्न पाउने उनले जनाए ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा